देशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

राष्ट्रिय प्रजातन्त्र पार्टीको खबरदारी सभा जनकपुरमा सुरु हुँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी (RPP) ले आज जनकपुरमा खबरदारी सभा आयोजना गर्ने भएको छ। पार्टीका कार्यकर्ताहरूले पोखराबाट शुरू गरेको खबरदारी सभा अब सुर्खेत हुँदै जनकपुरमा पुग्ने क्रममा छन्।

यस सभाको आयोजना जनकपुरको तिरहुतिया गाँछीमा बिहान ११ः०० बजे बाट हुने जानकारी प्राप्त भएको छ। यसै बीच, पूर्व राजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सम्बोधन र २५ गते काठमाडौं आगमन पछि राजावादीहरूमा उत्साह र उमंग बढेको छ। यति बेला, देशभरिका राजावादी समूहहरू यस अभियानमा सक्रिय भएर सहभागिता जनाइरहेका छन्।

यस सभाले आगामी दिनहरूमा देशको राजनीतिक परिप्रेक्ष्यमा कस्तो असर पार्ने हो भन्ने कुरा समेत चासोको विषय बनेको छ। RPP का नेता र कार्यकर्ताहरू जनतामा राजतन्त्रको पुनर्निर्माणको पक्षमा जनचेतना फैलाउनका लागि यस प्रकारका सभाहरू आयोजना गर्दैछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!