देशशीर्ष समाचारस्थानीय समाचार
खोटाङमा चट्याङ लागेर ४५ वर्षीया महिला र बार्दलीबाट लडेर २१ महिने शिशुको मृत्यु

जिल्लामा आज दुई अलग-अलग घटनामा दुई जनाको मृत्यू भएको छ। एक जना चट्याङ लागेर र अर्का २१ महिने शिशु घरको बार्दलीबाट लडेर निधन भएका हुन्।
प्राप्त जानकारीअनुसार, केपिलासगढी गाउँपालिका-७ सुङ्देल गुल्टेन स्थित ४५ वर्षीया दिलकुमारी राईलाई चट्याङ लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार आज बिहान ४:०० बजे दिलकुमारी राईको चट्याङ लागेर घटनास्थलमै मृत्यू भएको थियो।
त्यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्क स्थित २१ महिने शिशु अनुसोया पोखरेलको बार्दलीबाट लडेर गम्भीर घाइते भएपछि उपचारको लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको छ।