E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

बाँकेको डडुवा गाउँपालिकामा पानी ट्यांकरको ठक्करले दुई बालकको मृत्यु

बाँकेको डडुवा गाउँपालिकामा पानी बोक्ने ट्यांकरले दुई बालकलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ। डडुवा-२ स्थित बेतहनी चोकमा भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिँदा ८ वर्षीय विशाल गोदिया र ९ वर्षीय शिउकुमार गोदिया गरी दुई बालकको ज्यान गएको बाँकेका डीएसपी यमबहादुर मल्लले जानकारी दिएका छन्।

बालकहरूको मृत्युपछि स्थानीय क्षेत्र तनावपूर्ण बनेको छ। आक्रोशित स्थानीय बासिन्दाले पानी ट्यांकरलाई आगो लगाएर जलाएका छन् भने प्रहरी चौकीमा ढुंगामुढा प्रहार गरेका छन्। यस घटनाबारे प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ र अहिले पनि प्रदर्शन जारी रहेको उल्लेख गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!