E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

अछाम बिजुलीको करेन्ट लाग्दा किशोरीको मृत्यु

बाख्रा चराउने क्रममा करेन्ट लागेर एक किशोरीको जलेर मृत्यु भएको छ। घटना बान्नीगढी जयगढ गाउँपालिका-६ दर्नाको चन्डालीमा सोमबार राति घटित भएको हो।

१८ वर्षीया सुनिता कडायत बाख्रा चराएर बेलुकी घर फर्कन लाग्दा बिजुलीको तार चुँडिएर फलामको खम्बामा विद्युत प्रवाह भइरहेको थियो। यस कारण करेन्ट लागेर घटनास्थलमै कडायतको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक जय पार्कीका अनुसार, घरबाट करिब आठ सय मिटर टाढा रहेको खरबारीमा रहेको बिजुलीको पोलमा करेन्ट लागेर कडायतको शव जलेको अवस्थामा फेला परेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!