देशशीर्ष समाचारस्थानीय समाचार

वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको हृदयाघातका कारण ७९ वर्षको उमेरमा निधन

राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष र वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको आज बिहान हृदयाघातका कारण ७९ वर्षको उमेरमा निधन भएको छ। उहाँको निधन भक्तपुरको सूर्यविनायक नगरपालिका-८ स्थित आफ्नै घरमा बिहीबार राति हृदयाघात भएपछि काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको बेला भएको हो।

उहाँलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा उहाँको निधन भएको हो। नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिका सचिव सुशील बस्नेतका अनुसार बस्नेतको आजै पशुपति स्थित आर्यघाटमा दाहसंस्कार गरिने छ।

बस्नेत गोरखापत्र संस्थान र प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष थिए। उहाँ पुर्नजागरण साप्ताहिकका संस्थापक सम्पादक पनि थिए। गणेशमान सिंहसँगको नजिकको सम्वन्धले उहाँलाई लामो समय राजनीति क्षेत्रमा सक्रिय राखेको थियो। उहाँ हाल गणेशमान सिंह स्मृति बाटिकाका अध्यक्ष थिए।

बस्नेत २०१७ सालदेखि राजनीति क्षेत्रमा सक्रिय थिए र मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनमा भाग लिएका थिए। यस क्रममा उहाँलाई आजीवन कारावासको सजाय दिइएको थियो, तर २०४६ सालमा प्रजातन्त्र प्राप्ति पछि जेल मुक्त भएका थिए।

उहाँको परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। बस्नेतको निधन नेपाली पत्रकारिता र राजनीति क्षेत्रमा ठूलो क्षति हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!