E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

बैतडीमा चेक अनादर मुद्दामा फरार प्रतिवादी पक्राउ

अनादर मुद्दामा फरार रहेका ३७ वर्षीय विनोदकुमार साउँद पक्राउ परेका छन्। उनी सिगास गाउँपालिका–३ सिस्नेखेतीका स्थायी बासिन्दा हुन्। शनिबार उनलाई जिल्ला प्रहरी कार्यालय बैतडीले उनको घरबाट पक्राउ गरेको छ।

प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार, विनोदकुमार साउँदलाई कैलाली जिल्ला अदालतको फैसला अनुसार २ वर्ष कैद सजाय तोकिएको थियो। गत माघ १८ गतेको अदालतको फैसालामा उनलाई चेक अनादरको आरोपमा दोषी ठहर गरिएको थियो।

पक्राउ परेका साउँदलाई आवश्यक कारवाहीका लागि शनिबार नै जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!