E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

विराटनगर यातायात कार्यालय परिसरबाट १२ जना बिचौलीया पक्राउ

सोमबार अपराह्न विराटनगर महानगरपालिका-४ स्थित यातायात कार्यालयको आसपासबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। यी सबै व्यक्तिहरू बिचौलीयाका रुपमा सेवाग्राहीसँग ठगी गरेको आरोपमा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीका अनुसार, सेवाग्राहीले बिचौलियाबाट ठगीको गुनासो गरेपछि अनुसन्धान सुरु गरिएको थियो। पक्राउ गरिएका व्यक्तिहरू विभिन्न स्थानका हुन् र उनीहरूको नाम तल उल्लेख गरिएको छ:

१. सञ्जीव कोइराला (४१ वर्ष), विराटनगर महानगरपालिका- ३
२. राजेश खड्का (२४ वर्ष), विराटनगर महानगरपालिका- ३
३. गौरवकुमार माझी (२५ वर्ष), विराटनगर महानगरपालिका- ३
४. राजु कोइराला (३७ वर्ष), विराटनगर महानगरपालिका- ३
५. युवराज लम्साल (२७ वर्ष), दुहबी नगरपालिका- ११
६. अनिल बस्नेत (३१ वर्ष), विराटनगर महानगरपालिका- ५
७. राजीव मण्डल (२२ वर्ष), विराटनगर महानगरपालिका- ४
८. प्रवीण कुमार थन्दार (२७ वर्ष), बर्जु गाउँपालिका- ६
९. भागवत राजबंशी (३७ वर्ष), कटहरी गाउँपालिका- १
१०. उदय कार्की (५० वर्ष), बुढिगंगा गाउँपालिका- २
११. सुनिल दाहाल (२१ वर्ष), बुढिगंगा गाउँपालिका- १
१२. अजयकुमार मण्डल (२९ वर्ष), विराटनगर महानगरपालिका- ३

प्रहरीले पक्राउ गरेका सबैलाई थप अनुसन्धानका लागि हिरासतमा राखेको छ। यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान र कारबाहीको प्रक्रिया पनि जारी रहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!