देशशीर्ष समाचारस्थानीय समाचार

कैलालीमा खैरो हेरोइनसहित पाँचजना पक्राउ

कैलाली जिल्लामा ४ ग्राम १२० मिलिग्राम खैरो हेरोइनसहित पाँचजना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा कैलाली जिल्ला प्रहरी कार्यालयको संयोजनमा इलाका प्रहरी कार्यालय मालाखेती र लागु औषध ब्युरोको संयुक्त टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-०८ निवासी २५ वर्षीय सुनिल बम, २१ वर्षीय प्रकाश भुल, २४ वर्षीय अरूण श्रीवास्तव, २२ वर्षीय संजय बिष्ट र २६ वर्षीय बिरेन्द्र चौधरी रहेका छन्।

प्रहरीका अनुसार सुनिल बमको घरमा खानतलासी गर्दा २ ग्राम ८० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो भने प्रकाश भुलसँग २०० मिलिग्राम लागु औषध बरामद गरिएको छ।

त्यसैगरी, टीकापुर नगरपालिका-०९ स्थित चेकपोस्टमा २४ वर्षीय अरूण श्रीवास्तव र २२ वर्षीय संजय बिष्टको जाँच गर्दा श्रीवास्तवले लगाएको हेल्मेटमा १ ग्राम ७९० मिलिग्राम हेरोइन लुकाइ राखेको अवस्थामा फेला परेको थियो।

अस्थायी प्रहरी पोष्ट शान्तीनगरबाट खटिएको टोलीले २६ वर्षीय बिरेन्द्र चौधरीलाई चेकजाँच गर्दा ५० मिलिग्राम हेरोइन बरामद गरेको जनाएको छ।

पक्राउ गरिएका सबै व्यक्तिहरूलाई हिरासतमा राखी आवश्यक कानूनी कारबाही अगाडि बढाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!