माइतीघरमा प्रदर्शन गर्ने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, २७ मार्च – माइतीघरमा गरिएको प्रदर्शनको क्रममा अमेरिकी नागरिक जुलियन कृपा ब्लिस पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार, जुलियन कृपा ब्लिसलाई प्रदर्शनको समय पक्राउ गरिएको हो।
उनले राजावादी र कुलमान अधिकारीको पक्षमा दौरासुरुवाल लगाएर प्रदर्शन गरेका थिए। वर्ल्ड गार्डियन्स अर्गनाइजेसनले आयोजना गरेको उक्त कार्यक्रममा जुलियन कृपा ब्लिसको नेतृत्वमा ८-१० जनाले सहभागी भएर विभिन्न नाराहरू लगाउँदै प्रदर्शन गरेका थिए। नारामा “शुद्ध शाहाकारी भोजन खानुहोस्”, “प्लास्टिक जलाउने र फ्याँक्ने कार्य अपराध हो, त्यसैले प्लास्टिकलाई सधैं अस्वीकार गर्नुहोस् र बोतल र कन्टेनरको प्रयोग गर्नुहोस्” जस्ता संदेशहरू पनि समावेश थिए।
प्रदर्शनमा सहभागी जुलियन कृपा ब्लिस पर्यटक भिसामा नेपाल आएका थिए र अमेरिकी राहदानीसहित नेपाल प्रवेश गरेका थिए। प्रहरीले उनलाई गिरफ्तार गरी थप अनुसन्धान प्रक्रिया सुरु गरेको जनाएको छ।