E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
कैलालीको अत्तरियाबाट लागुऔषध सहित २ जना पक्राउ

कैलाली, २८ मार्च – कैलालीको अत्तरिया बजारबाट बिहिबार साँझ प्रहरीले दुई जनालाई लागुऔषध सहित पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले अत्तरिया बसपार्कबाट चौराहतर्फ संकास्पद रुपमा हिडिरहेका दुई जनालाई खानतलासी गर्दा उनीहरूको साथबाट १ ग्राम ५०० मिलिग्राम लागुऔषध बरामद गरेको हो।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१ का २६ वर्षीय रमेश पुनमगर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का २७ वर्षीय दीपक ओली रहेको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापाका अनुसार, रितपुर्वक खानतलासी गर्ने क्रममा लागुऔषध बरामद भएको हो। पक्राउ परेका दुवै जनामाथि आवश्यक कानूनी कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।