देशधर्मशीर्ष समाचारस्थानीय समाचार

बैतडीको देवलहाटमा अवस्थित दुर्लभ सहस्त्रलिङ्ग धार्मिक र ऐतिहासिक महत्त्वको प्रतीक

बैतडी जिल्लाको देवलहाट क्षेत्रमा अवस्थित सहस्त्रलिङ्ग धार्मिक र ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण स्थल मानिन्छ। यो शिवलिङ्ग आफ्नो विशेष संरचनाका कारण प्रसिद्ध रहेको छ, जुन १.९० मिटर परिधि भएको पीठमाथि प्रतिस्थापित गरिएको छ। यस शिवलिङ्गको मुख्य भाग ५० से.मी. अग्लो र पीठिकाबाट माथिको भाग २६ से.मी. रहेको छ। यस शिवलिङ्गको विशेषता भनेको यसमा पन्ध्र वटा तेस्रो रेखामा क्रमबद्ध रूपमा स-साना लिङ्गको आकार रहेको छ, जसलाई स्थानीय बासिन्दाहरु सहस्त्रलिङ्ग भन्ने गर्दछन्।

धार्मिक किंवदन्तीअनुसार, पाण्डवहरूले यो शिवलिङ्ग निर्माण तथा सजावट गरेको विश्वास गरिएको छ। यस शिवलिङ्गमा कुँदिएका हजारौं साना लिङ्ग आकृतिहरू भगवान शिवका १००८ नाम एवम् स्वरूपको प्रतीक मानिन्छ। प्रारम्भिक कालमा यो शिवलिङ्ग कुनै एक देवलमा प्रतिस्थापित गरिएको हुनसक्ने अनुमान गरिएको छ, तर यसको स्थापना र निर्माण कहिले र कसले गरेको भन्ने ऐतिहासिक प्रमाण भने अहिलेसम्म फेला परेको छैन।

सहस्त्रलिङ्गलाई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्यको रूपमा प्रचार गरिनु अत्यन्त महत्त्वपूर्ण छ। यसको संरक्षण र प्रचारप्रसारले बैतडीको धार्मिक र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउने अवसर प्रदान गर्नेछ। यस स्थलको महत्त्व र ऐतिहासिक मूल्यको कारणले यहाँ आउने आगन्तुकहरूको चासो र श्रद्धा अझ बढ्न सक्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!