राजावादी प्रदर्शनमा हिंसा, २२ जना घाइते, सुरक्षाकर्मी र प्रदर्शनकारी दुवै समावेश

काठमाडौंमा राजावादी समूहले गरेको प्रदर्शन उग्र बनेपछि तोडफोड र आगजनीको घटना घटेको छ। प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फ २२ जना घाइते भएका छन्। प्रहरीले सार्वजनिक गरेको अहिलेसम्मको विवरणअनुसार, घाइते हुनेहरूको संख्या २२ पुगेको हो, जसमा सुरक्षाकर्मी र प्रदर्शनकारी दुवै समावेश छन्।
घाइते हुनेमा काठमाडौं गुहेश्वरका ४३ वर्षीय राजु श्रेष्ठ, करिना साही, पुष्कलराज जोशी, राजेश श्रेष्ठ, बद्री वन, सुमन गुरुङ, निराजन बम, ओमबहादुर श्रेष्ठ, माधव कडेल, शंकर तिवारी, निखिल कार्की, कुमार जंग राना, उद्धव श्रेष्ठ, विकासकुमार गौतम, रोजन पहरी, सुजन थापा, सन्तोष बोहोरा, विकास संगौला, रुद्र कार्की, विशाल निरौला, र मनी सिंखडा रहेका छन्।
यसका साथै, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार चन्द्र बुढा पनि घाइते भएका छन्।
राजावादी समूहको प्रदर्शन हिंसात्मक बनेपछि सुरक्षाकर्मीमाथि पनि आक्रमण गरिएको थियो, जसका कारण तोडफोड र आगजनीका घटनाहरू भएका थिए।