E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

कुलमान घिसिङको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ। घिसिङको रिट सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ हुनेछ।

सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो, र शाक्यले हालै पदभार सम्हालेका छन्। घिसिङले आफूलाई बद्नियतपूर्ण र कैरकानुनी तरिकामा हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनले काम गर्नका लागि अन्तरिम आदेशको पनि माग गरेका छन्।

यता, हितेन्द्रदेव शाक्यले पनि सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनका रिटको सुनुवाइ पनि आज सोही इजलासमा हुने बताइएको छ। यसले गर्दा विद्युत् प्राधिकरणको नेतृत्वसँग सम्बन्धित कानूनी प्रक्रिया थप जटिल बन्दै गएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!