देशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

गृहमन्त्री रमेश लेखकले विवाहको उमेर घटाउने प्रस्ताव र रोमियो-जुलियट मोडलको छलफल सुरु

गृहमन्त्री रमेश लेखकले बालबालिका सम्बन्धी ऐनको संशोधन प्रक्रिया अघि बढिरहेको जानकारी दिएका छन्। आइतबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको छलफलमा भाग लिँदै उनले विवाहको उमेरको विषयमा गम्भीर छलफल आवश्यक भएको बताए।

उनका अनुसार, विवाहको कानूनी उमेर घटाउने वा ‘रोमियो-जुलियट मोडल’ अपनाउने दुई विकल्प प्रस्तावित छन्। पहिलो विकल्पमा विवाहको कानूनी उमेरलाई घटाएर १८ वर्ष पुर्याउने र दोस्रो विकल्पमा अन्तर्राष्ट्रिय अभ्यासअनुसार रोमियो-जुलियट मोडल अपनाउने विचार गरिएका छन्।

रोमियो-जुलियट मोडलअनुसार, विवाहको कानूनी उमेर १८ वर्ष नै रहनेछ, तर १६ देखि १८ वर्ष उमेर समूहका युवायुवतीबीच आपसी सहमतिमा सम्बन्ध कायम भएमा यसलाई बलात्कारको रूपमा नलिन सकिने व्यवस्था गर्न सकिन्छ।

गृहमन्त्री लेखकले यस्तो मोडलको कार्यान्वयनमा अन्तर्राष्ट्रिय शर्तहरू पालना गर्नुपर्ने र थप छलफल गरी सांसदहरूले सुझाव दिनुपर्ने बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!