स्थानीय समाचार

बैतडी पाटन महोत्सव २०८२:भोलि पल शाह ल्याउने छलफल चल्दै

बैतडी : बैतडीको पाटनमा जारी बैतडी पाटन महोत्सवमा आज एलिना चौहान आउने भएकी छन् । भने १३ गते पल शाह ल्याउने बिषयमा छलफल जारी रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा ५२ बढी व्यापारीक स्टल सञ्चालनमा रहेका छन् । दार्चुलादेखी नेपालगञ्जसम्मका व्यपारीहरुले आफ्नो स्टलहरु राखेका छन् । अल्लोबाट निमार्ण भएका कपडादेखी स्थानीय सेलरोडी समेत महोत्वस स्थलमा उपलब्ध गरेको महोत्वस आयोजक समिति संयोजक देवराज भट्टराईले बताए ।

सुदूरपश्चिम प्रदेश स्तरिय व्यापार मेला अवलोकनका लागि सबैमा आयोजकले आग्रह गरेको छ । एक सय को टिकटमा बिद्यार्थीलाई ३० प्रतिशत छुट दिइएको छ ।

पत्रकारलाई परिचय पत्रका आधारमा निः शुल्क प्रवेशको व्यवस्था गरेको छ । ६  बर्षपछि पाटनमा महोत्वस आयोजना गरिएको हो । पाटन नगरपालिकासहित बैतडीका १० स्थानीय तहले सहयोग गरेको जनाएको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!