E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
विराटनगरमा गुडिरहेको टिपरमा आगलागी

विराटनगर — विराटनगर महानगरपालिका–१९ स्थित मिलन चोकमा सोमबार दिउँसो गुडिरहेको टिपरमा आगलागी भएको छ। प्रहरीका अनुसार प्रदेश १–०२–००१ ख ८५३१ नम्बरको टिपर दिउँसो साढे २ बजेतिर एक्कासि आगो लागेको हो।
विराटचोकबाट सुनसरीको बर्जु तर्फ बालुवा लिएर जाँदै गरेको सो टिपर इनरुवा नगरपालिका–३ का ३० वर्षीय साजन सरदारले चलाइरहेका थिए। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। यद्यपि, प्रारम्भिक अनुसन्धानमा तार सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ।
आगो नियन्त्रणमा लिनका लागि प्रहरी र स्थानीयवासीले प्रयास गरेका थिए। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।