सापकोटाको दाबी: माओवादीमाथि अन्तर्राष्ट्रिय सर्वहारा वर्गको आशा

काठमाडौं — नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि प्रसाद सापकोटाले आफ्नो पार्टीमाथि अन्तर्राष्ट्रिय सर्वहारा वर्गले आशा राखेको दाबी गरेका छन्।
शनिबार राजधानीमा आयोजित सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै सापकोटाले भू–मण्डल नै थर्काउनेगरी विचार र कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
यो सरकार त समाप्त हुँदैछ सापकोटाले भने अब सिंगो राष्ट्रको नेतृत्व हाम्रो पार्टीले गर्नुपर्छ। अन्तर्राष्ट्रिय सर्वहारा वर्गले पनि हामीमाथि नै आशा राखेको छ। भोलि हामीले भूमण्डल नै थर्काउने गरी अभियान अघि बढाउनुछ।
उनले ठोस स्थितिको ठोस विश्लेषण गरेर मात्रै अघि बढ्न सकिने बताए। पार्टी अहिले जनताबीच लोकप्रिय बन्दै गएको दाबी गर्दै उनले वर्तमान सरकार संविधानको नैतिकता विपरित बनेको र यसको औचित्य नरहेको टिप्पणी गरे।
संवैधानिक नैतिकता विपरित बनेको यहो सरकार हो सापकोटाले स्पष्ट पारे।