E-Paperशीर्ष समाचारसंसार

नयाँ दिल्लीमा भारी वर्षा: भवन भत्किँदा चारको मृत्यु, १० बढी फसेको आशंका

नयाँ दिल्ली — भारतको राजधानी नयाँ दिल्लीमा भीषण वर्षापछि मुस्तफावाद क्षेत्रमा चार तल्लाको भवन भत्किँदा कम्तीमा चार जनाको ज्यान गएको छ।

दिल्ली प्रहरीले दिएको जानकारीअनुसार, गएराति अचानक मौसम बदलिएसँगै भारी वर्षा र आँधीबेहरी चलेपछि उक्त भवन ढलेको हो। भवनको भग्नावशेषमा १० जनाभन्दा बढी फसेको आशंका गरिएको छ र उद्धार कार्य तीव्र पारिएको छ।

स्थानीय बासिन्दाका अनुसार रातिको समयमा ठूलो आवाजसहित भवन भत्किएको थियो, जसपछि सुरक्षाकर्मी, दमकलकर्मी र उद्धार टोली घटनास्थलमा पुगेका थिए। फसेका व्यक्तिहरूको खोजी र उद्धार कार्य निरन्तर जारी छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार वर्षा र आँधीबेहरीका कारण नयाँ दिल्लीको जनजीवन प्रभावित भएको छ। सडकहरू जलमग्न भएका छन् भने विद्युत् आपूर्ति समेत अवरुद्ध भएको छ।

प्रहरी र स्थानीय प्रशासनले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!