E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

थापाथलीमा ढलको पाइप फुट्दा सडक अस्तव्यस्त

काठमाडौँ – काठमाडौँको थापाथली करिडोरमा ढल निकासका लागि गाडिएको पाइप फुटेपछि सडक पूर्ण रूपमा अस्तव्यस्त बनेको छ। पाइप फुटेर सडकमा ढल बग्दा चारपांग्रे सवारी र मोटरसाइकलहरू डुबानमा परेका छन् भने पैदल यात्रु पनि प्रभावित भएका छन्।

ढल सडकमा निस्किएर सडक हिलाम्य बनेपछि सवारी चालकहरूले ठूलो सास्ती भोग्नुपरेको छ। अहिले सो क्षेत्रमा गाडी र मोटरसाइकल चलाउन निकै कठिन भएको छ। हिलो र दुर्गन्धका कारण पैदल हिँड्न समेत मुस्किल भएको जनाइएको छ।

स्थानीयवासी र यात्रुहरूले यस्ता ढल पाइप मर्मत र व्यवस्थापनमा सम्बन्धित निकायले समयमै ध्यान नदिँदा बारम्बार यस्तो समस्या दोहोरिएको भन्दै गुनासो गरेका छन्। तत्काल सुधारको काम नहुँदा यात्रुहरूको दैनिक आवागमनमा प्रत्यक्ष असर परेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!