E-Paperखेल

बैतडी राष्ट्पति रनिङ शिल्ड प्रत्योगीता,पुर्चौडी नगरपालिको कोल्टामा

बैतडी : जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चौडी नगरपालिकाले जितेको छ ।

जिल्ला खेलकुद विकास समिती बैतडीको आयोजना तथा पुर्चौडी नगरपालिकाको सह आयोजनामा बैशाख ३ गते देखि पुर्चौडी १ स्थित कमल विशाल पार्कमा सुरु भएको प्रतियोगितामा पुर्चौडी नगरपालिकाले ९ स्वर्ण १० रजत र ७ कास्य गरी २६ पदक हात पार्दै उपाधि जितेको हो ।

शुक्रबार सम्पन्न प्रतियोगितामा दोगडाकेदार गाउँपालिकाले द्वितिय स्थान हासिल गरेको छ । दोगडाकेदारले ९ स्वर्ण, ३ रजत र १ कास्य गरी १३ पदक जितेर द्वितीय स्थान हासिल गरेको हो ।

लगातार ३ दिन संचालन भएको प्रतियोगितामा मेलौली नगरपालिकाले तृतीय स्थान प्राप्त गरेको छ । मेलौली नगरपालिकाले ८ स्वर्ण, ६ रजत र ६ कास्य गरी २० पदक हात पार्दै तृतीय स्थान हात पारेको हो।
प्रतियोगितामा बैतडीका १० वटै स्थानिय तहको सहभागीता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!