E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

अपहरण प्रकरणमा पक्राउ परेकी महिला अस्पताल भर्ना बयानकै बीचमा पटक–पटक बेहोस

दैलेख — बालिका अपहरण प्रकरणमा पक्राउ परेकी चामुण्डाविन्द्रासैनी नगरपालिका–२ सिरवलकी शर्मिला विष्ट जिल्ला अस्पताल दैलेखमा भर्ना भएकी छन्। पक्राउ परेपछि उनलाई अनुसन्धानका लागि तीन पटकसम्म सोधपुछ गरिएको थियो। तर हरेकपटक बयान दिने क्रममा उनी एक्कासी ढलेर बेहोस हुने गरेकी छन्।

प्रहरी स्रोतका अनुसार विष्टलाई अपहरण मुद्दामा अनुसन्धानको क्रममा नियन्त्रणमा लिएर बयान लिने प्रयास गरिएको हो। तर उनी पटक–पटक ढल्ने र बेहोस हुने अवस्थाले गर्दा बयान प्रक्रिया प्रभावित भएको छ।

तीन पटकसम्म प्रयास गर्‍यौं, तर स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि अस्पतालमा भर्ना गरिएको छ एक प्रहरी अधिकृतले भने उनको अवस्था सामान्य भए पनि बयान दिन नसक्ने बहानामा बारम्बार बेहोस हुने गरेकी छन्।

प्रहरीले चिकित्सकसँग पनि परामर्श गर्दै अनुसन्धान अघि बढाइरहेको जनाएको छ। शर्मिला विष्टले अपहरणमा संलग्नता रहेको प्रमाण संकलनको काम भइरहेको र थप अनुसन्धानपछि मात्र विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!