E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
कैलालीमा सर्पको टोकाइबाट बालकको मृत्यु, नहरमा डुबेर एक बालिका बेपत्ता

कैलाली – नयाँ वर्षको पहिलो दिन कैलाली जिल्लामा दुःखद घटनाहरू भएका छन्। टिकापुरमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ भने लम्कीचुहामा नहरमा डुबेर एक बालिका बेपत्ता भएकी छन्।
टिकापुर नगरपालिका–१, एकतानगरका निरज बिकका पाँच वर्षीय छोरा लोकेश बिकलाई घरको आँगनमा खेल्दाखेल्दै सर्पले बायाँ खुट्टामा टोकेको थियो। गम्भीर घाइते अवस्थामा टीकापुर अस्पताल लगिएको लोकेशको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, डीएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिएका छन्। मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमै राखिएको छ।
त्यसैगरी, लम्कीचुहा नगरपालिका–३, बल्चौरमा रहेको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर ९ वर्षीया खुसी वादी बेपत्ता भएकी छन्। प्रहरीका अनुसार नहरमा डुबेर बेपत्ता भएकी बालिकाको खोजी कार्य जारी छ।