E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

बाजुराको कर्णाली नदीमा डुबेर एक युवक बेपत्ता

बाजुरा — बाजुराको कर्णाली नदीमा डुबेर एक जना युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१३ निवासी वर्ष अन्दाजी २७ का नरेन्द्र परियार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार परियार कर्णाली करिडोरअन्तर्गत सडक निर्माण कार्यमा संलग्न थिए। काम गर्ने क्रममा उनी बाजुराको जगन्नाथ गाउँपालिका–६ भुकाखोलास्थित सडकबाट खसेर कर्णाली नदीमा डुबेका हुन्।

प्रहरीका सूचना अधिकारी जनक बोहराले परियार सडकको एकासी तल खसेर नदीमा बेपत्ता भएको जानकारी दिएका छन्। घटनापछि स्थानीय प्रहरी र नेपाली सेनाको टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!