E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
मनिराम बिष्टको निधनमा पाटन नगरपालिकाद्वारा आइतबार शोक बिदा

बैतडी – पाटन नगरपालिकाले कार्यालय सहयोगी मनिराम बिष्टको निधनमा आइतबार एक दिनको शोक बिदा दिएको छ।
नगरपालिकाको पशुपन्छी सेवा शाखामा कार्यरत बिष्टको निधन भएको शोकमा आज सबै कार्यालय बन्द गरि शोक बिदा दिइएको हो। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै मनिराम बिष्टप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा सहभागी हुन सबैलाई आग्रह गरेको छ।
पाटन नगरपालिकाले उहाँको निधनले संस्थालाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।