E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

कैलाली र कञ्चनपुरमा ३ लाख बढीको अवैध सामान बरामद

कैलाली र कञ्चनपुर जिल्लामा अवैध रूपमा भारतबाट भन्सार छली ल्याइएका सामानहरू बरामद गरिएको छ। शुक्रबार, धनगढी उपमहानगरपालिका–२ मिलनचोक, उपमहानगरपालिका–९ त्रिवेणिघाट र भजनी धनगढी उपमहानगरपालिका–८ ढुसीबाट १ लाख १७ हजार ५३० रुपैँया बराबरको अवैध सामान नियन्त्रणमा लिइएको छ। यसमा प्याज, चिनी, बदाम, सुर्ती, सुटपिस, कुर्ती, सिद्रा माछा लगायतका सामानहरू रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

त्यस्तै, शुक्रबार नै भीमदत्त नगरपालिका–९, दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोज र बेलौरी नगरपालिका–६ बैशाखाबाट २ लाख ३१ हजार ४० रुपैँया बराबरको अन्य अवैध सामानहरू पनि बरामद गरिएको छ। यी सामानहरूमा चिनी, युरिया मल, फ्रिज, कस्मेटिक लगायतका सामग्रीहरू समावेश छन्।

प्रहरीले अवैध व्यापार र भन्सार छलीको नियन्त्रण गर्न कडा कारबाही गरिरहेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!