E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

सुदूरपश्चिमका ३ जिल्लाबाट दुई लाखभन्दा बढीको अवैध सामान बरामद

धनगढी — सुदूरपश्चिम प्रदेशका तीन जिल्लाबाट प्रहरीले आइतबार मात्र दुई लाख ६५ हजार ३८५ रुपैयाँ बराबरका अवैध भन्सार छलिका सामान बरामद गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कैलाली, कञ्चनपुर र बैतडी जिल्लाबाट ती सामानहरू बरामद गरिएका हुन्।

कैलालीबाट मात्रै करिब दुई लाख ४५ हजार २०० रुपैयाँ मूल्यका अवैध वस्तु बरामद गरिएको छ। ती सामानहरू धनगढी उपमहानगरपालिका–३ सिसापोस्ट, टीकापुर नगरपालिका–४ वाणीपुल र भजनी नगरपालिका–९ पहलवान क्षेत्रबाट बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएका वस्तुहरूमा चिनी, चकलेट, पानीपुरी, सेरवानी सेट, टप्स, प्लाजु सेट, बच्चाको लहङ्गा, अण्डर ट्राउजर, दीपावली सजावटका झालर लाइट, टेन्टको माथिल्लो कपडा, प्लास्टिक झोला, स्प्राइट, छिद्रयुक्त माछा लगायत रहेका छन्। प्रहरीले ती सामानहरू बेवारिसे अवस्थामा फेला पारेको हो।

त्यसैगरी, कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित कलकत्ताबाट प्रहरीले करिब १० हजार १८५ रुपैयाँ बराबरका अवैध वस्तु बरामद गरेको छ। बरामद गरिएका वस्तुहरूमा ऐना, चुरा, बिन्दी, टिका, क्रिम, काइयो, पर्फ्युम, गाजल, डिउ, मुमदाल, कुरकुरे, कैची, ध्वजा, अण्डा लगायतका सामग्री छन्।

यसैगरी, बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–६ जेबालीबाट करिब १० हजार रुपैयाँ मूल्यको चिनी बरामद गरिएको छ। प्रहरीले चिनी जिल्ला प्रहरी चौकी सेरा बैतडीबाट खटिएको टोलीद्वारा नियन्त्रणमा लिएको जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार ती सबै सामानहरू भन्सार छली गरेर भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको थिए। बरामद गरिएका वस्तुहरू सम्बन्धित कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!