E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

धनकुटामा सशस्त्र प्रहरीद्वारा ४२१ किलो गाँजासहित कार बरामद

धनकुटा — धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित नमस्ते झरनाबाट धरानतर्फ जाँदै गरेको एक कार सशस्त्र प्रहरी बलले गाँजासहित नियन्त्रणमा लिएको छ।

बुधबार बिहान जाँचका क्रममा सशस्त्र प्रहरीलाई देखेपछि को२प १७३४ नम्बरको कार फरार भएको थियो। केहीबेरपछि उक्त कार दुर्घटनाग्रस्त अवस्थामा फेला पारिएको र चालक भने फरार रहेको सशस्त्र प्रहरीले जनाएको छ।

उक्त कारबाट १२ वटा पोकामा प्याक गरिएको करिब ४२१ किलो गाँजा बरामद गरिएको छ। हाल फरार चालकको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

थप अनुसन्धान जारी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!