लागु औषध (ब्राउन सुगर) सहित मानिस नियन्त्रणमा”

“लागु औषध (ब्राउन सुगर) सहित मानिस नियन्त्रणमा”
जिल्ला जुम्ला चन्दननाथ नगरपालिका वडा नं. ०६ छिना स्थित सडक खण्डमा ऐ.ऐ. बस्ने बर्ष अ. २२ को रबिन्द्र रोकायाले लागु औषध (ब्राउन सुगर) साथमा बोकी हिडिरहेको छ, भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालबाट प्रहरी टोली उक्त स्थानमा खटी गई निज रबिन्द्र रोकायालाई फेला पारी निजको साथबाट ४ (चार) पुडिया लुकाई छिपाई राखेको अवस्थामा फेला पारी नापतौल गर्दा शुद्ध २२० (दुई सय बिस) मिलिग्राम भएको र निजले लुकाई छिपाई राखेको छु भनि खुलाए पश्चात तत्काल निज रहने बस्ने गरेको घरकोठाहरु खानतलासी गर्दा २ (दुई) पुडिया लुकाई छिपाई राखेको अवस्थामा फेला पारी सो पुडियाको प्लाष्टिक हटाई नापतौल गर्दा शुद्ध १७० (एक सय सत्तरी) मिलिग्राम गरी जम्मा ३९० (तिन सय नब्बे) मिलिग्राम रितपुर्वक बरामद गरी रबिन्द्र रोकायालाई पक्राउ गरी यस कार्यालयबाट अनुसन्धान भईरहेको ।