कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेज, सबैभन्दा धेरै दैलेखमा

कर्णाली प्रदेशका १० जिल्लामा पाँच हजार ३६३ उद्योग खारेजीमा परेका छन्। उद्योग दर्ता गरेर नियमित रूपमा सञ्चालन नगरेका कारण ती उद्योगहरू खारेज गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले जनाएको छ।
सबैभन्दा बढी दैलेखमा १,६७५ उद्योग खारेज भएका छन्। सुर्खेतमा १,४५५, कालीकोटमा ४७८, जुम्लामा ५८७, मुगुमा २१, सल्यानमा ५०२, जाजरकोटमा ४२७, डोल्पामा ५१, हुम्लामा ९ र रुकुम पश्चिममा १५८ उद्योग खारेज गरिएका छन्।
कर्णालीमा हालसम्म ४३ हजार ६७८ उद्योग दर्ता भएका छन्। तीमध्ये सुर्खेतमा सबैभन्दा बढी १४ हजार २६५ उद्योग दर्ता भएका हुन्। तर, अहिले सुर्खेतमा एक हजार ३४१ उद्योग मात्र नवीकरण भएका छन्।
अन्य जिल्लाहरूमा पनि अधिकांश उद्योग नवीकरणमा नआएका छन्। दैलेखमा दर्ता भएका ४ हजार ७४८ मध्ये तीन हजार ५९१, कालीकोटमा दुई हजार ८३७ मध्ये एक हजार ९३६, जुम्लामा चार हजार ३८६ मध्ये दुई हजार ३५७ उद्योग मात्र नवीकरण भएका छन्।
निर्देशनालयका अनुसार, दर्ता भएका उद्योगहरूबाट १ लाख २१ हजार ५५५ जनाले रोजगारी पाएका छन्।