E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
रुपन्देहीको दानव नदीमा बेपत्ता भएका दुई बालकको शव फेला

रुपन्देही — रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जना बालकमध्ये थप दुई जनाको शव फेला परेको छ।
१३ वर्षीय उमेश यादव र १२ वर्षीया मुनु हरीजनको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले मंगलबार बिहान फेला पारेको हो। उनीहरू दुवै जना स्थानीय हुन्।
उनीहरू सोमबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। घटनापछि सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण बाँकेबाट गोताखोर टोली परिचालन गरिएको थियो।
यसअघि सोमबार नै बेपत्ता भएका १४ वर्षीय राज यादवको शव उद्धार गरिएको थियो। यस दुखद घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ।