E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
भादा नदीमा डुबेका १९ वर्षीय युवकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला

बर्दिया — बर्दियाको गुलरिया नगरपालिका–५ स्थित भादा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ।
गुलरिया–५ को सयलवा रामबाघका १९ वर्षीय सृजन पोख्रेल बैशाख ११ गते साँझ नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए। घटनाको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नं. ३१ गण बर्दियाबाट गोताखोरसहितको टोली परिचालन गरिएको थियो।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार पोख्रेलको शव बैशाख १२ गते बिहान फेला पारिएको हो। शव बरामद गरी कानुनी प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।
स्थानीय प्रशासन र सुरक्षाकर्मीको सक्रियतामा खोजी कार्य सफल भएको हो।