E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
नारायणी नदीमा डुबेर बेपत्ता भएका दिदीभाइको शव फेला

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोट नगरपालिका-१ को ब्रिटिश क्याम्प नजिकै हिजो बेलुका नारायणी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दिदीभाइको शव आज फेला परेको छ।
गैँडाकोट-१ का विष्णु सेर्पुञ्जाकी १३ वर्षीया छोरी दीक्षा र ९ वर्षीय छोरा स्वप्निल हिजो नदीमा नुहाउँदा डुबेर बेपत्ता भएका थिए। सशस्त्र प्रहरीको गोताखोर टोलीले आज नदीबाट दिदीभाइको शव निकालेर प्रहरी कार्यालय गैँडाकोटमा पुर्याएको छ।
यस दुर्घटनामा स्थानिय समुदाय र परिवारजन शोकमा डुबेका छन्। प्रहरी अनुसन्धान जारी रहेको छ।