E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

डोटीमा खोलामा डुबेर बेपत्ता भएका युवकको शव फेला

डोटीको शिखर नगरपालिकामा खोलामा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ। शिखर नगरपालिका–४, बनोलीका १९ वर्षीय नरेश महराको शव स्थानीयवासी र प्रहरीको सहयोगमा खोलामै फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

महरा आफन्तको विवाहको निम्तो वितरण गरी फर्किने क्रममा वडा नम्बर ५ र ७ को सीमामा पर्ने कैले ठूलीगाड खोलाको तलाउमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।

घटनालगत्तै खोजी सुरु गरिएको थियो। घटनाको भोलिपल्ट शुक्रबार शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

यो घटनाले स्थानीय समुदायमा शोकको वातावरण बनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!