E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
पाल्पामा फोक्सिहर खोलामा ६५ वर्षीय कृष्ण बहादुर चिदी मृत अवस्थामा फेला

पाल्पाको बगनासकाली गाउँपालिका-१ स्थित फोक्सिहर खोलामा ६५ वर्षीय कृष्ण बहादुर चिदी मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार कृष्णबहादुर चिदी घरबाट पूजामा जान्छु भनेर हिँडेका थिए। सो क्रममा उनी घरबाट करिब ३०० मिटर पश्चिमतर्फ रहेको भिरबाट तल फोक्सिहर खोलामा मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार घटनास्थलमा प्रहरीले खोजी कार्य गरिरहँदा मृत शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।