E-Paperदेशस्थानीय समाचार

टीकापुरको सामुदायिक वनमा मरेको अवस्थामा पाटेबाघ फेला

कैलाली — कैलाली जिल्लाको टीकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनमा आज एक वयस्क पोथी पाटेबाघ मृत अवस्थामा फेला परेको छ।

सब डिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलिप यादवका अनुसार बाघको अगाडि भागमा चोट लागेको देखिएको छ। स्थानीयले गन्हाएको महसुस गरेपछि वन कार्यालयमा जानकारी दिएका थिए। प्रारम्भिक अनुमान अनुसार बाघ केही दिनअघि मरेको र सम्भवतः भाले बाघको आक्रमणबाट घटना भएको हुनसक्ने वन कार्यालयको भनाइ छ।

घटनाको थप अनुसन्धानका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट डा. आयुश महर्जनसहितको प्राविधिक टोली घटनास्थल पुगेको थियो। स्थानीय जनप्रतिनिधि र वन कर्मचारीको रोहबरमा मृत बाघलाई जमिनमा गाडिएको छ।

डिभिजन वन कार्यालयले बाघको विभिन्न अङ्ग निकालेर पोस्टमार्टम तथा थप परीक्षणका लागि पठाइएको जनाएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!