E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

शंखरापुरमा महिलाको हत्या श्रीमान् फरार

काठमाडौं — काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा एक महिलाको विभत्स हत्या भएको छ। आइतबार राति सवा ९ बजे आफ्नै डेरामा रामेछापकी ३५ वर्षीया पुतली घिसिङ मृत फेला परेकी हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार मृतकको घाँटीमा धारिलो हतियार प्रहार गरिएको छ। हत्यामा प्रयोग भएको हतियार भने घटनास्थलमा फेला परेको छैन। पुतली सानागाउँस्थित एक तीनतले घरको भुइँ तलामा डेरा गरी बस्दै आएकी थिइन्।

प्रहरीले दिएको जानकारीअनुसार घटना हुँदा पुतलीसँगै रहेका उनका ११ वर्षीय छोरा रिदम घिसिङ र १० वर्षीया छोरी संजिता घिसिङ पनि घाइते अवस्थामा फेला परेका छन्। उनीहरूको हात र खुट्टामा चोट लागेको छ। प्रारम्भिक उपचारका लागि नेपाल मेडिकल कलेज लगिएको उनीहरूलाई थप उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ।

घटनास्थलबाट मृतकका श्रीमान् ५२ वर्षीय पदम घिसिङ फरार रहेको र उनीमाथि संलग्नताको आशंका गरिएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

स्थानीयहरूका अनुसार पुतली र पदमबीच घरेलु विवाद भइरहने गरेको बताइएको छ। यद्यपि घटनाको कारण अझै स्पष्ट भएको छैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!