E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

कैलालीमा माइक्रोबसको ठक्करबाट सशस्त्र प्रहरी हवल्दार गम्भीर घाइते

कैलाली — कैलालीमा माइक्रोबसको ठक्करबाट एक सशस्त्र प्रहरी बलका हवल्दार गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–५ मा भएको दुर्घटनामा मोटरसाइकल र माइक्रोबस एक आपसमा ठोक्किँदा गम्भीर चोट लागेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार बा ५ ख ४३१७ नम्बरको माइक्रोबसले सुपप्र ०१०११ प ५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ निवासी ३९ वर्षीय राजेन्द्र बम गम्भीर घाइते भएका हुन्।

टाउको र अनुहारमा गम्भीर चोट लागेका बम सशस्त्र प्रहरी बलका हवल्दार हुन्। उनी राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा कार्यरत छन्। हाल उनको उपचार धनगढीमा भइरहेको छ।

दुर्घटनामा संलग्न माइक्रोबस र चालक धनगढी उपमहानगरपालिका–१९, फूलबारी निवासी ३९ वर्षीय कृष्ण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले दुर्घटनाको थप अनुसन्धान जारी राखेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!