E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
ओदालताल नजिक घुम्तीमा हाईस दुर्घटना एकजना घाइते

सुर्खेत – सुर्खेतबाट भक्तपुरतर्फ जाँदै गरेको न्यू भावना यातायातको हाईस गाडी आज बिहान ओदालताल नजिकको घुम्तीमा ब्रेक फेल भएर दुर्घटनामा परेको छ। कर्णाली प्रदेश ०२-००१ख०१६३ नम्बरको गाडी सडकमै पल्टिएको अवस्थामा भेटिएको हो।
दुर्घटनामा एक जना व्यक्ति घाइते भएका छन् भने अन्य सबै यात्रुहरू सकुशल रहेका स्थानीय स्रोतले जानकारी दिएका छन्। घाइतेको प्रारम्भिक उपचार स्थानीय स्वास्थ्य संस्थामा गरिएको छ।
दुर्घटनापछि स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य सम्पन्न भएको थियो।