E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
काठमाडौंबाट छुटेको बस कैलालीमा दुर्घटना १३ जना घाइते

कैलाली — काठमाडौंबाट बझाङतर्फ जाँदै गरेको एक यात्रुबाहक बस कैलालीमा दुर्घटनामा परेको छ। दुर्घटना घोडाघोडी नगरपालिका–२ अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान भएको हो।
सुदूरपश्चिम प्रदेश ०१००१ ख ३३८५ नम्बरको बस ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। सो बसले सुदूरपश्चिम प्रदेश ०१००२ त ४६४० नम्बरको ट्याक्टरलाई ओभरटेक गर्दा दुर्घटना भएको हो।
दुर्घटनामा परी कम्तीमा १३ जना यात्रु घाइते भएका छन्। उनीहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको र केहीको अवस्था सामान्य रहेको जनाइएको छ।
घटनास्थलमा प्रहरीको टोली खटिएको छ र थप अनुसन्धान जारी रहेको बताइएको छ।