E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
सल्यानको धारापानीमा फोर्स गाडी दुर्घटना ७ जना घाइते

सल्यान — रुकुम पश्चिमको नुवाकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको यात्रुवाहक फोर्स गाडी सल्यानको धारापानीमा दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन्।
लु २ ख ६२७१ नम्बरको उक्त फोर्स गाडी धारापानीमा अनियन्त्रित भई सडकबाट खसेको थियो। दुर्घटनामा परेका ७ जना यात्रुहरूलाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
घाइतेहरूको अवस्था मध्यम रहेको र घटनाको थप विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।