E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
बर्दियामा यात्रुबाहक बस दुर्घटना ब्रेक फेल हुँदा ५ घाइते

बर्दिया — बुटवलबाट बर्दियाको गुलरिया जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ। लु १ ख ९८७६ नम्बरको बस बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ८ स्थित स्याउली बजार नजिक दुर्घटनामा परेको हो।
बसमा १२ जना यात्रु सवार थिए। दुर्घटनामा ५ जना यात्रु घाइते भएका छन् भने घाइतेहरूको अवस्था मध्यम रहेको जनाइएको छ। उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ।
कण्ठपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बसन्त रोकायका अनुसार बसको ब्रेक फेल भई दुर्घटना भएको हो। घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।