E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

कैलालीको घोडाघोडी नगरपालिका-५ डोकेबजारमा सवारी दुर्घटना एक गम्भीर घाइते

कैलाली — कैलाली जिल्लाको घोडाघोडी नगरपालिका-५ स्थित डोकेबजारमा बिहान सवारी दुर्घटना भएको छ। दुर्घटनामा यात्रुवाहक हाइस र मोटरसाइकल आपसमा ठोक्किँदा केही व्यक्ति सामान्य घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

हाइसमा सवार यात्रुहरू सामान्य घाइते भएका छन् र उनीहरूको प्राथमिक उपचार गरिएको छ। तर मोटरसाइकल चालक, जो सशस्त्र प्रहरी बलमा कार्यरत राजेन्द्र बम हुन्, गम्भीर घाइते भएका छन्। उनलाई तत्काल घोडाघोडी अस्पताल लगिएको छ र उपचार जारी रहेको अस्पताल स्रोतले जनाएको छ।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!