E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

दाङमा भारतीय पर्यटक सवार बस दुर्घटना, २१ जना घाइते

दाङ – दाङको गढवा गाउँपालिका–५ चिसापानीमा भारतीय पर्यटक चढेको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

भारतको लखनउबाट पोखरातर्फ गइरहेको युपी ३२ एमएन ९६६६ नम्बरको पर्यटक बस चिसापानीको ओरालोमा अनियन्त्रित भई दुर्घटनामा परेको हो। घटनास्थल इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख कालिका कार्कीका अनुसार बसमा २५ जना यात्रु सवार थिए।

दुर्घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार गरी लमही अस्पतालमा उपचारका लागि पठाइएको छ।

प्रहरीका अनुसार बस चिसापानीको ओरालोमा झर्दै गर्दा अनियन्त्रित भई सडकबाट खस्दै दुर्घटना भएको हो। घटनाको थप विवरण संकलन भइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!