E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

आवासीय चिकित्सकको समर्थनमा कोशी शाखाबाट प्रधानमन्त्रीलाई तीन सूत्रीय ज्ञापनपत्र

विराटनगर — नेपाल चिकित्सक संघ, कोशी शाखाले देशभर चलिरहेको आवासीय चिकित्सकहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्रीलाई तीन सूत्रीय मागसहित ज्ञापनपत्र बुझाएको छ। संघले मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको हो।

संघका महासचिव डा. बालकृष्ण साहका अनुसार, अध्यक्ष डा. राजेन्द्र चौधरी, महासचिव स्वयं डा. साह, अन्य पदाधिकारीहरू, आवासीय चिकित्सक र मेडिकल अफिसरसहितको टोलीले मोरङ जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएको थियो।

संघको संशनिहाटस्थित कार्यालयबाट सुरु भएको र्‍यालीसहित टोलीले जिल्ला प्रशासन कार्यालयमा धर्ना समेत दिएको थियो। यस्तै, इनरुवा अस्पतालका चिकित्सकसहितको अर्को टोलीले सुनसरी जिल्ला प्रशासन कार्यालयमार्फत पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमार्फत संघले सरकारसमक्ष तीन प्रमुख मागहरू राखेको छ:

1. आवासीय चिकित्सकलाई आठौं तहका चिकित्सकसरहको सेवा र सुविधा दिने निर्णय निजी मेडिकल कलेजहरूमा समेत लागू गर्नुपर्ने।
2. आवासीय चिकित्सकहरूको कार्यसमय सम्बन्धी स्पष्ट र व्यवहारिक मापदण्ड निर्माण गर्नुपर्ने।
3. चिकित्सकहरूको भावना सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने।

संघले वैशाख ११ गतेसम्म माग सुनुवाइ नभए वैशाख १२ गतेदेखि आकस्मिकबाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्दै आन्दोलन चर्काउने चेतावनीसमेत दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!