E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
भोजपुरमा ट्रयाक्टर दुर्घटना: वडा सदस्यसहित दुई जनाको ज्यान गयो

भोजपुर – भोजपुरमा ट्रयाक्टर दुर्घटनामा परेर वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ। भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको ट्रयाक्टर वडा नम्बर ३ सेतीबगरमा शनिबार राति दुर्घटना भएको हो।
दुर्घटनामा परेर भोजपुर नगरपालिका–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख युवराज तिम्सिनाले जानकारी दिएका छन्।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।