E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा वैशाख ११ बाट सुरु हुने

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा पूर्वनिर्धारित मितिमा नै सञ्चालन गर्ने निर्णय गरेको छ। बोर्डको आज बिहान बसेको बैठकले वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा कुनै हालतमा नरोक्ने निर्णय लिएको हो।

पछिल्लो समय शिक्षक तथा विद्यालय कर्मचारीहरूले आन्दोलन चर्काउँदै आएका कारण परीक्षा सर्ने आशंका गरिएको थियो। त्यसमाथि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि अझ अन्योलता उत्पन्न भएको थियो। तर, बोर्डले सबै भ्रम चिर्दै तोकिएको तालिका अनुसार नै परीक्षा हुने स्पष्ट पारेको छ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले ‘परीक्षा नरोकिने र निर्धारण गरिएको मितिमा नै सञ्चालन हुने’ जानकारी दिएका छन्। साथै, परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विद्यार्थीहरूलाई कुनै द्विविधा नराखी निर्भीक भएर तयारी गर्न आग्रह गरेका छन्।

बोर्डले सम्पूर्ण जिल्लामा रहेका परीक्षा समन्वय समितिहरूलाई परीक्षा केन्द्र भएका विद्यालयहरूमा परीक्षा सञ्चालन गर्न अनुरोध समेत गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!