E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

पूर्वप्रदेश प्रमुख राजेश अहिराजमाथि महिला दुव्र्यवहारको आरोप अनुसन्धान जारी

काठमाडौं – मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजमाथि महिलालाई दुव्र्यवहार गरेको आरोप लागेको छ। सो आरोपसँग सम्बन्धित विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीस्थित महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र (महिला सेल) ले अहिराजविरुद्धको आरोपमा अनुसन्धान सुरु गरेको हो। प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले अनुसन्धान भइरहेको पुष्टि गरे पनि घटनाबारे विस्तृत जानकारी दिन मानेनन्।

अनुसन्धान भइरहेको छ। अनुसन्धानकै विषय भएकाले अहिले थप बोल्ने अवस्था छैन एसपी बोहरा भन्छन्।

हालसम्म घटनाको समय र प्रकारबारे प्रहरीले आधिकारिक रूपमा केही खुलाएको छैन। अहिराजमाथि के कस्तो दुव्र्यवहारको आरोप लागेको हो भन्ने स्पष्ट नभए पनि प्रहरीले प्रारम्भिक अनुसन्धान प्रक्रिया अघि बढाइसकेको छ।

यसबारे प्रतिक्रिया लिन खोज्दा अहिराजसँग सम्पर्क हुन सकेन। उनको मोबाइल फोन स्विच अफ अवस्थामा छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!