E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

शिक्षक आन्दोलन कायमै महासंघको आपतकालीन बैठक जारी

काठमाडौं – विद्यालय शिक्षा विधेयकलाई लिएर सरकारद्वारा छिट्टै बर्खे अधिवेशन आह्वान गरिने संकेतसँगै नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाएको छ। काठमाडौंमा महासंघको बैठक अहिले पनि जारी रहेको छ।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार आन्दोलनको व्यवस्थापनबारे छलफल गर्न बैठक बसाइएको हो। उनले भनिन्, “सरकारसँग अझै पनि सहमति जुट्न सकेको छैन, त्यसैले आगामी रणनीति तय गर्न हामी बैठकमा छौं।”

२० चैतदेखि काठमाडौंमा जारी शिक्षक आन्दोलन अझै टुंगोमा पुग्न सकेको छैन। यसबीच सरकार र महासंघबीचको संवादले ठोस प्रगति गर्न सकेको छैन, जसका कारण देशभर करिब ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित भइरहेको छ।

शिक्षक महासंघले शिक्षकमैत्री विधेयकको माग गर्दै आन्दोलन चर्काइरहेका छन्, भने सरकारले भने विधेयक पारित गर्न बर्खे अधिवेशनमार्फत अगाडि बढ्न खोजिरहेको छ।

महासंघको आजको बैठकले आन्दोलनको भावी स्वरूप, वार्ताको तयारी र सरकारसँगको सम्भावित छलफलबारे निर्णय लिने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!