E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

पिउने पानीमा किरा भेटिएपछि केएम मिनिरललाई २५ हजार जरिवाना

ललितपुर – ललितपुर महानगरपालिकाले केएम मिनिरल वाटर एण्ड बेभरेज प्रालिलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको छ। कम्पनीले उत्पादन गरेको पिउने पानीको जारमा किरा भेटिएपछि कारबाही गरिएको महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथूले जानकारी दिए।

हाछेथूका अनुसार पशु सेवा तालिम केन्द्र, ललितपुरमा पिउन ल्याइएको जारमा किरा भेटिएको थियो। उपभोक्ताबाट आएको गुनासोपछि महानगर प्रहरी बलले तुरुन्तै निरीक्षण गरेको र त्यसैको आधारमा जरिवाना गरिएको हो।

पिउने पानीजस्तो संवेदनशील वस्तुमा यस्तो लापरवाही स्वीकार्य हुँदैन, हाछेथूले भने। “हामीले तत्काल एक्सन लिएका हौं र यस्ता कम्पनीहरूमाथि निगरानी अझ कडा बनाउने छौं।

पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहले पिउने पानीको जार र बोत्तलमा गुणस्तर नपुगेका उजुरीहरू आएपछि कडा निगरानी थालेका छन्। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार हुने विषयमा लापरवाही नगर्न सम्बन्धित निकायहरूले व्यवसायीहरूलाई सचेत गराएका छन्।

महानगरले आगामी दिनमा नियमित अनुगमनलाई थप सशक्त बनाउने तयारी गरेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!