E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
काठमाडौं महानगरपालिकाद्वारा ९ महिनामा साढे २ करोड बराबर जरिवाना

काठमाडौं — काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ९ महिनामा प्रशासनिक दण्ड र जरिबानाबाट २ करोड ४७ लाख २० हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
महानगरको राजस्व विभाग प्रमुख दीपक अधिकारीका अनुसार यो रकम गत वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको चैत मसान्तसम्म महानगरले २ करोड ७ लाख ७२ हजार रुपैयाँ जरिबानाबाट उठाएको थियो।
महानगरपालिकाले सभा, सम्मेलन, आन्दोलनका क्रममा फोहोर गर्ने राजनीतिक दल तथा संस्थाहरूमाथि कारबाही गर्दै आएको छ। यस्तै जथाभावी पोस्टर टाँस्ने, अनुमति नलिई सडक खन्ने, खुला ठाउँमा आगो बाल्ने, होर्डिङ बोर्ड राख्ने तथा फोहोर फाल्ने जस्ता कार्यहरूमा समेत जरिबाना गरिएको अधिकारीले जानकारी दिए।
महानगरले नगर सफा, व्यवस्थित र नियमअनुसार सञ्चालन गर्न कडाइका साथ नियम कार्यान्वयन गरिरहेको जनाएको छ।